फिल्म । हलिउडमा सुपरहिरो फिल्म बनाइरहेको डिसीले ‘वन्डर वुमन’ को नयाँ सिरिज १९८४ लाई डिसेम्बर २५ मा इन्डियामा पनि रिलिज गर्ने भएको छ । फिल्म हिन्दीसँगै तेलुगु , तमिलमा पनि रिलिज हुनेछ । गल ग्याडटको सुपर हिरो अवतारलाई प्रतीक्षा गरिरहेका दर्शकले फिल्मलाई हलसगै एचबिओ म्याक्समा पनि हेर्न पाउनेछन् । तिन देशको चार लोकेसनमा एक हजार भन्दा बढी क्रु लिएर सुटिङ गरिएको फिल्ममा सन् १९८४ को कथा र त्यसबेलाको परिस्थितिलाई देखाइएको छ । प्याटी जेन्किंसको निर्देशनमा तयार फिल्मको प्रतीक्षामा डिसी सिरिज मन पराउने दर्शक छन् ।
३३ वर्षीय ग्याडट सन् २००४ मा मिस इजरायल समेत भैसकेकी छिन भने उनि सन् २०१७ मा रिलिज भएको फिल्म ‘वन्डर वुमन’ को भूमिकामा पहिलो पटक देखा परेकी थिइन् । त्यसपछि उनले डिसीकै ‘जस्टिस लिग’ मा पनि अभिनय गरिन् ।
ग्याडट सन् २००९ मा रिलिज भएको फिल्म ‘फास्ट एण्ड फ्युरियस’ मार्फत अभिनयमा उदाएकी थिइन् । त्यस यता उनि फास्ट एण्ड फ्युरियस सिरिज , डे एण्ड नाइट , ब्याटम्यान भर्सेस सुपरम्यान : डाउन जस्टिस , क्रिमिनल लगायतका फिल्म मार्फत चर्चामा छिन । (एजेन्सी)