जोगिन्दरले गरे सर्लाहीबाट मतदान

फिल्म । आजसम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जोगिन्दरको उपनामले परिचित हाँस्यकलाकार शिवशंकर प्रसाद रिजालले सर्लाहीबाट मतदान गरेकाछन् । उनको पुर्ख्यौली घर रहेको सर्लाही ४ स्थित बरहथवा नगरपालिका वडा नम्बर १५ मा रहेको श्री जनता आधरभुत मावि पिप्राभित्तामा रहेको मतदान केन्द्रबाट हाँस्यकलाकार जोगिन्दरले मतदान गरेका हुन् ।

उनले लोकतान्त्रिक गठबन्धनलाई मतदान गरेका हुन् । देशभर नेपाल सांस्कृतिक संघको प्रचारप्रसारमा रहेका जोगिन्दर केही दिन यता भने आफ्नै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको प्रचारप्रसारमा व्यस्त थिएँ । नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेका जोगिन्दरले मतदान शान्तिपुर्ण रुपमा सम्पन्न रहेको बताए । ‘मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भयो । आउँदो पाँच वर्षमा नेताले गरेको वाचा पुरागरे भने हाम्रो गाउँको मुहार फेरिन्छ’, हाँस्यकलाकार जोगिन्दरले भने । उनले यसपटक निर्वाचन कलाकारहरू उम्मेदवार बनेको प्रति खुसी व्यक्त गरे ।

उनले दलहरूले कलाकारलाई उचित स्थान दिनुपर्ने बताए । ‘हामी प्रचारप्रसारको माध्यम मात्र नभई नेतृत्व लिन सक्ने क्षमता भएका पनि छौँ । हामीलाई पार्टीले उचित अवसर दिनै पर्छ’, हाँस्यकलाकार रिजालले भने । सोही क्षेत्रबाट उनी नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन् ।

कमेन्ट गर्नुहोस्