फिल्म । डेब्यु फिल्म ए मेरो हजुर २ मार्फत नै आफुलाई फिल्म प्रेमी दर्शक माँझ नोटिस गराउन सफल भएका सलिन मान बनियाले दोस्रो फिल्म ‘यात्रा’ मार्फत पनि चर्चा बटुले । डेब्यु फिल्ममा लुक्स र स्टाइलको चर्चामा रहेका सलिनले दोस्रो फिल्ममा आफ्नो अभिनय क्षमतासंगै एक्सन र डान्सको सम्भावना पनि प्रस्तुत गरे । दोस्रो फिल्मसम्म आइपुग्दा सलिनको फ्यान फ्लोअर्स राम्रो भईसकेको छ । तर , उनले तेस्रो फिल्मको सुरसार अझै गरेका छैनन् । आखिर किन त ? सलिन भन्छन् ,’म राम्रो स्क्रिप्टको पर्खाइमा छु ।’

उनले पछिल्लो समय आइरहेको स्क्रिप्ट आफुलाई चित्त नबुझेको बताए । ‘म केहि चुजी छु त्यसैले आइरहेको स्क्रिप्टमा राम्रो नभएकोले फिल्म गर्ने तयारी थालेको छैन ।’ दोस्रो फिल्म यात्रामा एक्सन समेत देखाएका सलिनले अफर आए ‘डान्सीङ’ फिल्म पनि गर्ने बताए । ‘मलाइ डान्स पनि मन पर्छ त्यसैले यस्तो कथामा स्क्रिप्ट आयो भने गर्छु’ उनले भने । आफु माइकल ज्याक्सनको मुनवाकबाट प्रभावित भएको बताउने सलिन पछिल्लो समयका चकलेटी हिरो हुन् ।










