के शुक्रबार ‘मुलान’ रिलिज हुदैछ ?

फिल्म । आउँदो शुक्रबार अर्थात् पौष १० गतेदेखि फिल्म हल संचालन गर्ने चलचित्र संघले बताईसेको छ । केहि समय अगाडी पत्रकार सम्मेलन गर्दै फिल्म रिलिज गर्ने घोषणा गरिएको थियो । उक्त घोषणामा सरकारले केहि प्रतिक्रिया जनाएको छैन । यता हल संचालक पनि कुन फिल्म लगाउने ? भन्नेमा अन्यौलमा छन् । कोरोना भाइरसको कारण हल बन्द हुने बेलामा प्रदर्शनरत फिल्महरु नै प्रदर्शनमा आउने बताइएको छ ।

यद्दपी चिनिया लोककथामा निर्मित डिज्नीको फिल्म ‘मुलान’ पनि नेपालमा प्रदर्शनमा आउने सम्भावना रहेको छ । क्युएफएक्सले फिल्म रिलिज गर्न सक्ने बुझिएको छ । डिज्नी प्लस एप मार्फत सार्वजनिक गरिएको फिल्मले महिला योद्धाको कथा भन्छ । आफ्नो बिरामी बुबालाई सेनाका लागि लड्न जानबाट रोकेर मुलान आफै सेनाममा पुग्छिन् । अमरपंक्षीको आशिर्वादले शक्तिशाली रहेकी मुलानले सैन्य तालिममा भोग्ने कठिनाइ र उनले युद्धमा देखाउने आफ्नो कलासँगै राजालाई बचाएर पहिलो महिला सेना बनेको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

निकी कारो निर्देशित ‘मुलान’ ठूलो बजेटको एक्सन फिल्म हो । फिल्ममा यिफी लि , डोनी येन , त्जी मा , जेसन स्कोट लि लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्