प्रभासको फिल्म नयाँ वर्षमा

फिल्म । गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) का कारण अधिकांस समय लकडाउन नै रह्यो । कोरोना भाइरस विरुद्धको भ्याक्सिनले आपतकालीन रुपमा प्रयोगका लागि अनुमति पाएपछि यतिबेला विस्तारै जनजीवन सामान्य भइरहेका छन् । यसैकारण गतवर्ष प्रदर्शन रोकिएको फिल्महरले रिलिज डेट तय गरिरहेका छन् । यसमै जोडिएको छ , सलार ।

बाहुबली सिरिज मार्फत सुपरस्टार बनेका प्रभास अभिनित फिल्म ‘सलार’ लाई केजीएफ निर्देशक प्रशान्त नीलले निर्देशन गरिरहेका छन् । पछिल्लो समय साउथ फिल्मका ठुला स्टार प्रभास र हटटक बनेका प्रशान्तको जोडीले बनाउने फिल्मको प्रतिक्षा भारतीय फिल्म प्रेमीलाई छ । सन् २०२२ अप्रिल १४ लाई प्रदर्शन मिति घोषण गरेको छ । फिल्ममा प्रभासको अपोजिटमा श्रुति हसन देखिनेछिन् ।

कमेन्ट गर्नुहोस्