‘जलाकी’ लाई सबैले हेर्न मिल्ने

फिल्म । निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट प्राप्त गरेको छ। योसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएको छ।

मगर समुदायको संस्कृति, परम्परा र आस्थासँग जोडिएको ढुङ्गाको स्तम्भ ‘जलाकी’लाई मुख्य विषय बनाएर फिल्म निर्माण गरिएको हो । रोजगारीका कारण विदेशिनु परेको पुडा र प्रेमकथामा आधारित फिल्मले मगर समुदायको सांस्कृतिक पक्षलाई समेत पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ। फिल्म आगामी मंसिर ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ।

फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन र लुनिभा तुलाधरको अभिनय रहेको छ। अभिनेता विजय लामा फिल्ममा विशेष भूमिकामा देखिनेछन्।

फिल्मको कथा, पटकथा तथा सम्पादन निर्देशक अशोक थापा मगर स्वयंले गरेका हुन्। फिल्मका निर्माता ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, बेताने मगर (बबिता राना), सुस्मिता बुढाथोकी र राधा थापा छन्।

कमेन्ट गर्नुहोस्