‘गरुड पुराण’ सेन्सर पास , निर्देशक भन्छन् ‘फ्यामिली कमेडी फिल्म’

फिल्म । कमेडी जनरमा निर्माण भएको फिल्म ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले फिल्मलाई सोमबार अबेरसाँझ सेन्सर गर्दै पिजी अर्थात ‘प्यारेन्टल गाईडेड’ सर्टिफिकेट दिएको छ । यस फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न पाउनेछन् । ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको फिल्मलाई सुबास कोइरालाले निर्देशन गरेकाछन् ।

सार्वजनिक गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् भने ट्रेलरलाई पनि रुचाइरहेका छन् । फ्यामिली कमेडी भनिएको फिल्मको ट्रेलरमा बोलिएको संवाद विशेष चर्चामा छ । ‘हामीले सकेको मेहनत गरेका छौ’ निर्देशक कोइराला भन्छन् ‘यो फिल्म फ्यामिली ड्रामा हो जहाँ कमेडी भरपुर छ ।’ उनि आफै पनि यसपटक सजग छन् । माघ ४ गतेलाई रिलिज डेट तय गरिएको फिल्ममा कर्म, प्रविण खतिवडा, कामेश्वर चौरसिया , नाजिर हुसेन , लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ ।

यसैफिल्म मार्फत प्रियंका सिंहले डेब्यु गर्दैछिन । ‘फिल्मले दर्शकलाई बोर हुन् नदियोस भन्ने प्रयास छ’ निर्देशक कोइराला भन्छन ‘फिल्ममा सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरेका छौ ।’आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्