साहिलको ‘डार्लिङ तिमी’ मा पूजा र सन्तोष

संगीत । ट्रेलर सम्पादकको रुपमा चर्चामा आएका साहिल खान निर्देशित नयाँ भिडियो सार्वजनिक भएको छ । नायिका पूजा शर्मा र गायक तथा मोडल सन्तोष विक्रम खड्गीको अभिनय रहेको ‘डार्लिङ तिमी वाला’ म्युजिक भिडियो साहिलको निर्देशनमा तयार भएको हो । नायिका पूजा शर्मा गीतको भिडियोमा कतै आधुनिक तथा कतै नेवारी पहिरनमा देखिएकी छिन् ।

पहिलो भाग भन्दै सार्वजनिक गरिएको गीतमा सन्तोष कुमार खड्गीको स्वर, निर्मल वीकको शब्द तथा संगीत छ । यो गीतलाई नेपाली र नेवारी भाषाको फ्यूजनको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, सुदिप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्