महङ्गो मुल्यमा ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ नेपाल भित्र्याउने तयारी

फिल्म । आउँदो तिहारलाई लक्षित गर्दै दुई ठूला भारतीय फिल्म नेपाल आउने भएको छ । नेपाली प्रदर्शकहरूले तिहारका लागि ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ को प्रचारप्रसार गरिरहेका छन् । प्रदर्शकले आफ्नो वेबसाइटमार्फत भारतीय ठूला दुई फिल्मको आगमन सुनिस्चित भएको सङ्केत गरेका छन् । भारतमा कप युनिभर्स बनाएर पहिलो ‘सिनेम्याटिक युनिभर्स’ क्रिएट गरेका निर्देशक रोहित शेट्टीले यसपटक फिल्मलाई भव्य बनाएको बताएका छन् ।

उनले ‘सिंघम अगेन’ मा अजय देवगन, अक्षय कुमार, रणवीर सिंह, करीना कपूर खान, दीपिका पादुकोण, टाइगर श्राफ, अर्जुन कपूर जस्ता कलाकारलाई कास्ट गरेका छन् । यसमा सलमान खान, आलिया भट्ट, कट्रिना कैफ पनि हुनसक्ने अनुमान गरिएको छ । यो फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’ सँग जोडिएको छ ।

यस्तै, पछिल्लो समय भारतमा हरर कमेडीमा दर्शक आकर्षित देखिएका छन् । सन् २०२४ मै ‘शैतान’ र ‘स्त्री २’ ले गरेको व्यापारले सबैको ध्यान तानेको छ । यस्का साथै रि रिलिज गरिएको फिल्म ‘तुम बाद’ ले समेत फस्ट रिलिज भन्दा बढी व्यापार गरेपछि दर्शक हरर फिल्म प्रति आकर्षित रहेको पुष्टी गरेको छ । यसपटक अनिस बाज्मीको निर्देशनमा तयार भएको फिल्ममा कार्तिक आर्यन, माधुरी दीक्षित, विद्या बालन, तृप्ती दिमरी लगायतका कलाकार छन् ।

नेपालमा समेत द्वन्द्व र हरर कमेडीको व्यापार बढिरहेको सन्दर्भमा उल्लेखित दुई फिल्मले राम्रो व्यापार गर्नसके अनुमान गर्न सकिन्छ । यसका लागि वितरकले महङ्गो मुल्यमा दुई फिल्म नेपाल भित्र्याउने तयारी थालेका छन् ।

कमेन्ट गर्नुहोस्