एक भए ‘दिवाकर र दीपिका’

जयहोस् । अन्तत निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईले आफु बीचको प्रेमलाई विवाहमा परिणत गरेकाछन् । शनिवार बिहान सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल फेरबदल गर्दै यी दुईले तस्वीर अपलोड गरेका छन् । साथै ‘उनि\उहा मेरो सधैका लागि’ भन्ने क्याप्सन समेत उल्लेख गरेका छन् । पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ३’ मा देखिएकी दीपिकाले दिवाकर भट्टराईकै निर्देशनमा तयार भएको फिल्म ‘ऐश्वर्य’ मार्फत यसक्षेत्रमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्म मार्फत नै नजिक भएका यी दुईले केहि समय अगाडी नै टिकाटालो समेत गरिसकेका थिए भने कानुनी रुपमा ‘कोर्ट म्यारिज’ समेत गरिसकेका छन् । ‘हामीमा प्रेमछ र यसमा पारिवारिक सहमति पनि छ , यसैले गर्दा किन लुकाउने भनेर सार्वजनिक गरेका हौ’ दिवाकरले भने । दीपिकाको डेब्यु फिल्म ‘ऐश्वर्य’ पछी नै कानुनी रपमा विवाह भएता पनि यसवर्षको माघ या फागुनमा पारिवारिक जमघटमै विवाह गर्ने दिवाकरले बताए । ‘हामी काम र घुमघामको लागि बाहिर जादैछौ , विभिन्न किसिमले गसिप आउनु भन्दा हामी आफैले यसलाई सार्वजनिक गर्नु उचित ठान्यौ’ उनि दीपिकासँग शनिवार नै थाइल्याण्ड पनि उड्दैछन् । दिवाकर पछिल्लो समय फिल्म ‘क्याप्टेन’ को निर्देशनमा व्यस्त छन् ।
कमेन्ट गर्नुहोस्