कोमल भन्छिन् ‘नेपाली कस्ट्युमहरु विकसित देशमा’

0 Shares

सौन्दर्य । काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनले शनिवार आफ्नो सातौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहमा राष्ट्रिय सभा सदस्य तथा चर्चित गायिका एवं संचारकर्मी कोमल ओली प्रमूख अतिथीको रुपमा उपस्थित थिईन् । कार्यक्रममा शुभकामना दिँदै ओलीले स्थापना कालदेखी नै आफु श्रृजना पोखरेलले संचालन गर्दै आएको सिल्क फेसनसँग जोडिएको बताईन् । नेपाली डिजाईनका कस्ट्युमहरु विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै ओलीले महिला उद्यमीहरुको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताईन् ।

कार्यक्रममा सिल्क फेसनकी संचालक श्रृजना पोखरेलले विगत सात बर्षदेखी आफ्नो डिजाईनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताईन् । नेपालका चर्चित सेलिब्रेटीहरुको लागि समेत डिजाईन गर्ने पोखरेलले सिल्क फेसनले अब भने पुरुषको कस्ट्युममा समेत काम गर्ने योजना भएको बताईन् । गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन् । सिल्क फेसनद्वारा सम्मानित समेत भएकी उनले भनिन्, ‘यहाँमा हरेक डिजाईन र गुणस्तर तारिफयोग्य छन् । आज यहिँ सम्मानित हुन पाउँदा खुशी लागेको छ’ ।

कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा बरिष्ठ कलाकार हरिवंश आचार्यकी पत्नी रमिला आचार्य थिइन् । गायिका सुनिता दुलाल, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यावसायि सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायि शैलजा अधिकारीलाई सातौं बार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रममा गायिका सहिमा श्रेष्ठ तथा मोडल खुश्बु खड्काको पनि उपस्थिती थियो ।

कमेन्ट गर्नुहोस्