मिरुनालाई दया भन्दैछन् ‘सुन सुन सुन्दरी’

फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय रुचाइएको जोडी हो । यो जोडीले अभिनय गरेको तेश्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट रिलिज हुँदैछ । यहिँ फिल्ममा समावेश दया र मिरुनाको रोमान्टिक भावको गीत सार्वजनिक गरिएको छ ।

चित्लाङका रमणीय स्थानमा खिचिएको भिडियोमा दया र मिरुना देखिएका छन् । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिंगेदलको शब्द, सुशान्त गौतमको संगीत छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ ।

यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मले राजनीति विषयलाई मियो बनाएको छ । दुई हप्ताअघि सार्वजनिक ट्रेलरले फिल्म शिक्षण पेशा छाडेर राजनीतिमा उत्रिएका दयाहाङ र राजनीतिलाई व्यवसाय बनाउँदै आइरहेका शिशिरबीचको राजनीतिक लडाईंमा आधारित रहेको बुझाउँछ ।

कमेन्ट गर्नुहोस्