फिल्म । कोराना भाइरस (कोभिड १९) ले महामारीको रूप लिएपछि चैत्र १० देखि सरकारले ‘लकडाउन’ गरिरहेको छ । एक मानिसबाट अर्को मानिसमा यो रोग सर्ने भएकाले विश्वका अधिकांस देशले ‘लकडाउन’ गरेर सामाजिक दुरी कायम गरिरहेका छन् । जो जहाँ छन् , त्यहिँ बसिरहेका छन् । यसले फिल्मको सुटिङ, रेकर्डिङदेखि पोस्ट प्रोडक्सनसम्मका सबै काम ठप्प भएका छन् । ज्यादा समय घरबाहिर बिताउने सेलिब्रिटी ‘लकडाउन’ भएदेखि घरमै छन् ।
कोरोनाको संक्रमणलाई सामाजिक दुरीको मध्यमले कम गर्न भारतमा पनि लकडाउन गरिएको छ । यो समयमा सेलिब्रेटीको सामाजिक सञ्जालमा सक्रियता झनै बढेको छ । उनीहरुले लकडाउनको पालना गर्न आफ्नो फलोअर्सलाई आग्रह गरिरहेका छन् । आफु पनि घरमै रहेको र परिवारसँग समय विताएको सामाजिक सञ्जाल मार्फत प्रस्ट्याएका छन् ।
घरमै रहेकी बलिउड सेलिब्रेटी सनी लियोनीले भने सामाजिक सञ्जालमा केही बोल्ड तस्वीर पोष्ट गरेकी छिन् । यी तस्वीरहरु भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छन् । बिकिनी अवतारमा सनीले शेयर गरेको तस्वीर फ्यानलाई मन परेको छ । पोर्न स्टार सनीले बलिउडमा भने ‘जिस्म’ फिल्म मार्फत डेब्यु गरेकी थिइन् । (एजेन्सी)