सनिषासँग विजुको ‘बदमास’

सङ्गीत । नेपाली म्युजिक भिडियो ‘बदमास’को सार्वजनिक गरिएको छ । नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्हू बज्राचार्यले सङ्गीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर रहेको छ ।

नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियोको निर्देशन बिमलेश अधिकारीले गरेका छन् । अधिकारीले निर्देशन गरेको यो पाँचौँ म्युजिक भिडियो हो । भिडियोमा अभिनेत्री सनिषा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय रहेको छ । कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन् ।

कमेन्ट गर्नुहोस्