सलमानको कारण कट्रिनाले छाडिन् फिल्म ?

फिल्म । पछिल्लो समय एक्ट्रेस कट्रिना कैफ सलमान खानसँग नजिक छिन । सलमानले नै उनलाई बलिउडमा इन्ट्री गराएका थिए तर पछी रनबीर कपूरसँग नाम जोडीएपछी सलमानसँगको सम्बन्ध लगभग सकिएको थियो । तर अब कट्रिना सलमान क्याम्पमा आइसकेकी छिन । अर्थात् सलमानकै अनुसार कट्रिनाको लाइफ अगाडी बढीरहेको छ । यिनै कट्रिनाले वरुण धवनसँगको एक फिल्म छाडेकी छिन । डान्सिङ फिल्म ‘एबिसीडी ३’ बाट कट्रिना बाहिरिएकी हुन् ।

उनि पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘भारत’ मा व्यस्त छिन । डिसेम्बरमा फिल्मको छायाँकन प्रोपरली नभएपछी कट्रिनाले रिमो डिसुजाको निर्देशनमा बन्ने फिल्म ‘एबीसीडी ३’ को लागि समय मिलाउन सकिनन् । पछिल्लो समय सलमानको कारण नै करियरलाई अगाडी बढाउँन सफल भएकी कट्रिनाले उनकै लागि वरुणसँगको फिल्म छाडेकी छिन ।

कमेन्ट गर्नुहोस्