टोटल धमालको पनि सिक्वेल आउने

फिल्म । ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको फिल्म ‘टोटल धमाल’ को सिक्वेल बन्ने भएको छ । ट्रेलर सार्वजनिक भएर ट्रेण्डिङमा रहदा नै निर्माण पक्षले धमालको चौथो सेरिज अर्थात् टोटल धमाल २ बनाउने घोषणा गरेकाछन् । तर फिल्ममा टोटल धमाल मार्फत सिरिज मार्फत डेब्यु गरेका कलाकार हुन् , अजय देवगन । धमालको सफलता र डबल धमालको असफलतापछी निर्माण टिमले तेस्रो सिरिजमा भने धेरै कलाकारमा परिवर्तन ल्याएको छ । फिल्ममा अनिल कपूर , माधुरी दीक्षित , जोनी लिभर लगायतको कलाकार थपिएका छन् भने अन्यले निरन्तरता पाएका छन् ।

अर्शद वारसी , रितेश देशमुख , जावेद जाफरी , ईशा गुप्ता लगायतको अभिनय रहेको छ । फिल्ममा संजय दत्त किन छैनन् भने प्रश्नमा यसका निर्देशक इन्द्र कुमारले भने ‘संजयले समय नभ्याएको कारणले पनि अट्न सकेनन् ।’ उनले आउदो सिरिजमा संजयलाई कास्ट गराउने समेत बताए । आउदो सिरिजको लागि उनले दुई नयाँ नाम समेत बुक गरिसकेका छन् । उनले ट्रिपल धमाल र फन अँन धमाल नामक दुई टाइटल बुक गरेकाछन् । अब हेरौ नयाँ सिरिजमा अजय र संजयसँगै देखिन्छ या टोटल धमालको मात्र सिरिज बन्छ ।

कमेन्ट गर्नुहोस्