विल्सनको निर्देशनमा ‘सेवारो नमस्ते’ (भिडियो)

संगीत । लिम्बु भाषाका गीतहरु गाएर लोकप्रियताको शिखर चुम्न सफल गायक ब्रबिम शेर्मा लिम्बु यसपटक नया“ नेपाली गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘सेवारो नमस्ते….’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको छ । दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत निर्देशनको उक्त गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन् ।

साढे ११ मिनेट लामो उक्त गीतको म्युजिक भिडियालाई लोकप्रिय हास्य अभिनेता विल्सन बिक्रम राईले निर्देशन् गरेका हुन् । भिडियोमा विल्सन आफैंले अभिनेत्री एलिशा राईसंग अभिनय गरेका छन् । भिडियोमा विल्सन र एलिशासंगै सुरेन्द्र बसेलले पनि अभिनय गरेका छन् । भिडियोमा बसेलकै कोरियोग्राफी छ । नवराज उप्रेतीको छायांकनको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

गायक ब्रबिम शेर्मा लिम्बूले गाएका लिम्बु गीत्हरुको एल्बमको संख्या नै आधा दर्जनभन्दा बढि छ । ब्रबिमले तीन दर्जनभन्दा बढि नेपाली गीत समेत रेकर्ड गराइसकेका छन् । एक सय भन्दा बढि लिम्बु गीत रेकर्ड गराइसकेका यी गायकले ५० भन्दा बढि लिम्बु गीतलाई संगीतबद्ध समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्