सौन्दर्य । ‘मिसेस नेपाल युनिभर्स २०२४’ को उपाधि चुमेकी सन्तोषी कार्कीले ४७ औं मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा एउटा महत्वपूर्ण सव टाईटल हाँसिल गरेकी छिन् । दक्षिण कोरियोको सियोलमा सुरु भएको ४७ औं मिसेस युनिभर्समा यसपटक विश्वका एकसय ४० देशका महिलाहरुले भाग लिएका थिए । जसमा नेपालबाट सन्तोषीले भाग लिएकी थिईन् । उनले मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा सन्तोषीले ‘मिसेस युनिभर्स करिज्मा’ सब टाईटल हाँसिल गरेकी छिन् ।
आफुले हाँसिल गरेको यो उपाधीलाई अर्को एउटा सफलताको रुपमा लिएको सन्तोषीले बताएकी छिन् । बेलायतमा बस्दै आएकी सन्तोषी मिसेस युनिभर्सको ग्रान्ड फिनाले सकेर हिजै राती नै बेलायत फर्किएकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको आन्तरिक प्रतिस्पर्धाबाट मिसेस नेपाल युनिभर्स २०२४को ताज चुमेकी सन्तोषी नेपालबाट अघिल्लो बिहिबार मिसेस युनिभर्समा गएकी थिईन,‘यसपटकको मिसेस युनिभर्समा मैले नेपाललाई चिनाउने र एउटा सब टाईटल पनि जित्ने अबसर पाएँ । कार्यक्रममा धेरै कुराहरु सिक्ने अबसर पनि मिल्यो’, उनले भनिन् ।












