फिल्म । ‘कान्छी’ फिल्मपछि श्वेता खड्काको अभिनय रहने चर्चा भयो ‘हेल्लो जिन्दगी’ मा । तर उनको स्वास्थ्यमा देखिएको समस्यापछि निर्माण पक्षले उनको स्थानमा प्रियंका कार्कीलाई अनुबन्धित गरेको चर्चा भयो । तर , बुझिएअनुसार निर्माण पक्षले श्वेतालाई फिल्मबाट हटाएको छैन । दर्शकले उनलाई फिल्ममा देख्न पाउनेछन् ।
‘कान्छी’ पछि श्वेता फिल्ममा देखिएकी छैनन् । प्राय होम प्रोडक्सनकै फिल्ममा देखिदै आएकी श्वेताले कथावस्तु मन परेर फिल्ममा अभिनय गरेको बुझिएको छ । निर्माण पक्षले छिटैनै रिलिज डेट घोषणा गर्दैछ । विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई एभेरेष्ट सुर्य बोहोराले निर्देशन गरिरहेका छन् । निर्देशक बोहोराकै कथामा तयार भईरहेको फिल्मलाई सृजना जोशीले निर्माण गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्










