
फिल्म । ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि ठूलो पर्दामा ल्याउन सकेको बताएका छन् । विषयवस्तु छनोट गरेर त्यसलाई पटकथाको रुप दिन चार वर्ष लागेको बताउने घिमिरेले फिल्ममा कर्णालीका आम नागरिकको कथा देखाइएको बताए । उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा फिल्ममा हेर्न पाइनेछ ।
कुमार कट्टेल (जिग्री) लेखक तथा निर्देशक रहेको फिल्ममा सिताराम कट्टेल (धुर्मुस)सँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’लगायत कलाकार छन् ।
कमेन्ट गर्नुहोस्