असोज ३ मा ‘सरौतो’

फिल्म । रिभेन्जको कथामा निर्माण भएको एक्सन जनरको फिल्म ‘सरौतो’ आउँदो असोज ३ गते रिलिज हुने भएको छ । फिल्मलाई प्रसिद्ध सिनेम्याटोग्राफर हरी हुमागाईले निर्देशन गर्नेछन् । सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले एड र भिडियो निर्देशन गरिसकेका छन् । पछिल्लो समय प्राय खोजिने हरि आफैमा अनुभवी सिनेम्याटोग्राफर हुन् जसले आफ्नो काम मार्फत आफुलाई प्रमाणित गरिसकेका छन् । उनले भिडियोपछि फिचर फिल्म निर्देशनमा हात हालेका हुन् ।

‘प्राविधिकको समय र वितरकसँगको छलफलपछी हामीले रिलिज मिति तय गरेका हौ’ निर्देशक हुमागाईंले भने ‘फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौ , लेखिएको कुरा पर्दामा उतार्न सफल भएको महसुस भएको छ ।’ विरान्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।

फिल्ममा सुमी मोक्तान , सन्नी सिंह , विजय लामा , युवराज लामा , धिरेन शाक्य , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मैषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहेको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन रहेकोछ । सुमी आफै पनि फिल्म मार्फत निकै आश्वादी छिन् । ‘केहि नयाँ गर्ने कोसिस टिमले गरेका छौ , सफल कति भयौ भन्ने कुरालाई आउँदो प्रचारप्रसारको सामग्रीले प्रस्ट्याउदै जानेनै छ’ सुमीले भनिन् ‘दर्शकलाई चाहिने फुल इन्टरटेनमेन्ट फिल्म बनाउने कोसिस गरेका छौ ।’

यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रेहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहेकोछ । यसमा निमेष श्रेष्ठको सम्पादन , निलिशा शाक्यको नृत्य निर्देशन , प्रविन मानन्धरको कलर , भिएफएक्स रहेको छ भने यसको चिफएडी अनिल खड्का हुन् । काठमाडौँ , सिम्रौनगठ लगायतका रमणीय स्थानमा छायांकन गरिएको फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

Facebook Comments