गीत मार्फत अनमोलको सपना पुरा (भिडियो)

89 Shares

फिल्म । पछिल्लो समयका पपुलर स्टार अनमोल केसीलाई गायनको सौख रहेको तथ्य सर्वविदितैछ । उनले स्कुले जीवनमा गीत गाउने मात्र गरेनन् , एउटा ब्याण्ड समेत स्थापना गरेका थिए । तर उमेर बढ्दै गएपछि उनि गायन भन्दा पनि अभिनय तीर फोकस भए । ‘म अभिनेता नभएको भए गायक बन्थे होला’ अनमोल भन्छन् ‘मेरो स्वर त्यति राम्रो छैन तर पनि सानोमा ब्याण्ड स्थापणा गरेर गीत गाउथे ।’ त्यतिबेला उनको सपना थियो , भव्य कन्सर्ट गर्ने र गायक बन्ने । त्यो सपना उनले फिल्म ए मेरो हजुर ३ को मा पुरा गरेका छन् ।

उनि यसमा रकस्टार प्रेम बनेका छन् भने उनले कन्सर्ट पनि गरेका छन् । त्यसो त केहि समय अगाडी उनले ‘अनमोल इभ’ मार्फत पनि आफ्नो सपना पुरा नगरेका होइनन् तर फिल्ममा उनले चाहेको जीवन बाचेका छन् । यिनै अनमोलको रकस्टार लुक्सलाई फिल्म रिलिजको एक दिन अगाडी सार्वजनिक गरिएको छ । सार्वजनिक शिर्ष गीतमा प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द रचना छ । प्रतिक र पुष्पन प्रधानले गीतमा संगीत भरेका छन् । अनमोलको कन्सर्टमा डेब्यू गर्ल सुहाना थापा झुमिरहेकी छन् । गीतलाई सुदीप बरालले खिचेका हुन् । गीतमा देखिएको हजारौं क्राउड ‘अनमोल इभ’ कन्सर्टमा खिचिएको हो ।

यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काको सम्पादन छ । फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झा, विशाल पण्डितलगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा कल्याण सिंह, पुष्पन प्रधान, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत छ ।

Facebook Comments