पर्पलामा निखिला

फिल्म । अष्ट्रेलियामा रहेर नर्श पेशामा आवद्ध निखिला बुढाथोकी अब फिल्ममा देखिने भएकी छिन । त्यहाँ हुने अधिकांस नेपाली फिल्म तथा कलासंग सम्बन्धित कार्यक्रमहरुमा देखिदै आइरहेकी निखिलाले नेपाली फिल्ममा भने ‘पर्पला’ मार्फत डेब्यु गर्दैछिन । राम्रो डान्सरको रुपमा प्रवाशमा पहिचान बनाएकी निखिलाले वास्तविक घटना आधारित फिल्म मार्फत आफ्नो सपना पुरा गर्ने भएकी छिन ।

मनोज अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्मको छायांकन समेत अष्ट्रेलियाको रमणीय दृश्यमा सकिएको छ । भानु प्रताप प्रस्तुतकर्ता रहेको ‘पर्पला’मा रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छवि अधिकारी निर्माता रहेका छन् । यसमा शृजना लुहागुन,सरस्वति गौतम र भिम बहादुर रसाइली सह निर्माता रहेका छन्।

कश्मिर डिक्सनको डिओपी , सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्ममा पुकार गौतम,रोजी पन्त,ओल्गा तमरा,योगेश घिमिरे,क्रिष्टिन शेल र प्रेक्षा अधिकारी लगाएतको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्