पत्रकार नेपाल पुरस्कृत

देश । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्टहरुलाई बुधबार पुरस्कृत गरिएको छ । परस्कृत हुनेहरुमा समाचार लेखन तथा प्रसारण प्रतियोगितामा सुकृत नेपाल (गोरखापत्र दैनिक), रेनुका ढकाल (दी राइजिङ नेपाल), उर्जा आचार्य (दि काठमाडौं पोस्ट), दीपेन्द्र ढुंगाना (नयाँ पत्रिका), हेमन्त गौतम (एनटिभी प्लस) पुरस्कृत भएका हुन । प्रतियोगितामा दियालक्ष्मी जोशी (एमएफए, काठमाडौं विश्वविद्यालय), प्रतिभा खड्का (बिएफए, ललितकला क्याम्पस, प्रतिभा तिवारी (बिएफए, ललितकला क्याम्पस) पुरस्कृत भएका छन् ।

कार्यक्रममा बोल्दै कुलपति नारदमणि हार्तम्छालीले प्रतियोगिताको समीक्षालाई विशेषत : अंकको आधारमा भन्दा पनि ग्रेडको आधारमा मूल्याङ्कन गरिएको बताउनुभयो । उहाँले सञ्चार माध्यमले राष्ट्रिय ललितकला प्रदर्शनीलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

त्यस्तै उपकुलपति लालकाजी लामाले ‘राष्ट्रिय ललितकला प्रदर्शनी– २०८०’ भव्य र सभ्य बनाउन सञ्चार माध्यमको प्रमुख भूमिका रहेको बताए । उनले भन्नुभयो, ‘यसमा गहन अध्ययनको अपरिहार्यता थियो । त्यो कार्यलाई सम्पन्न गर्नुभएकोमा यहाँहरुलार्ई बधाई दिन चाहन्छु ।’

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्