हलमा देखिए दर्शक

27 Shares

फिल्म । गत वर्षको डिसेम्बर अन्तिममा चीनको हुबेइ प्रान्तको वुहान सहरमा पहिलोपटक देखिएको थियो , कोरोना भाइरस (कोभिड १९) । पहिलो संक्रमित भेटिएको त्यो दिन देखि आजसम्म आइपुग्दा कोरोना भाइरसको संक्रमण विश्वका अधिकांस देशमा देखिइसकेको छ । विश्वका अन्य देशमा संक्रमण बढ्दै गर्दा चीन भने सामान्य जीवन तर्फ फर्किदैछ । अझ भन्दै चीनको वुहान सहर ।

अप्रिल देखि लकडाउन खोल्दै विद्यालय , बजार , रेल सुरु गरेको चीन सरकार विस्तारै फिल्म हल पनि सुरु गर्यो । झन्डै डेढ महिना अगाडी केहि हल खोल्दै पुराना हिट फिल्म र ओस्कार विजेता फिल्म देखाइयो । उक्त समयमा देखाइएको फिल्मको सम्पूर्ण आर्जन हल संचालकलाई नै दिने गरि चाइना फिल्म ब्युरोले सिनेमाघरलाई पाँचवटा पुराना सुपरहिट फिल्म चलाउन अनुमति दिएको थियो । जस अनुसार ‘वुल्फ वारियर २’ (२०१७), ‘द वेदरिङ अर्थ’ (२०१९), ‘उल्फ टोटेम’ (२०१५), ‘अमेरिकन ड्रिम्स इन चाइना’ (२०१३) र ‘केपरनाम’ (२०१८) प्रदर्शन गरिएको थियो ।

जीवन सामान्य हुँदै गएपछि स्थानीय मानिस हलमा जान थालेका छन् । हलमा एक सिट छाडेर चार फिटको दूरीमा सुरक्षितसँग बसेर फिल् हर्ने व्यवस्था गरिएको थियो । सुरुमा दर्शकहरू हलमा नआउँदा हल सञ्चालक निकै निराश भए । तर, उनीहरूले हिम्मत हारेनन् । विभिन्न अफरहरू दिएर दर्शकलाई हलसम्म आकर्षण गर्न थाले । हललाई पूर्ण सेनेटाइज गरेर सामाजिक दूरी बनाउँदै फिल्म हेर्ने व्यवस्था सुरु गरेपछि हुबेइ प्रान्तका हलमा दर्शक जान थालेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गत आइतबारबाट हुबेइ प्रान्तमा ५ सयभन्दा बढी हल सञ्चालनमा आएका छन् । जहाँ दर्शकहरूको उपस्थित राम्रो पाइएको छ । त्यहाँ ८० प्रतिशत भन्दा धेरै फिल्म हल खुलिसकेका छन् ।

(एजेन्सी)

कमेन्ट गर्नुहोस्