वैशाख १५ मा ‘प्रसाद २’

फिल्म। विविध कारणले गत चैत २४ मा प्रदर्शन हुन् नसकेको फिल्म ‘प्रसाद २’ आउँदो वर्षको वैशाख १५ मा प्रदर्शन हुने भएको छ। लेनदेनको कारणले अदालतमा मुद्दा परेपछि फिल्म प्रदर्शन हुन् सकेको थिएन। फिल्ममा अल्पकालीन रूपमा लगाइएको निषेधाज्ञा हटाएपछि निर्माण पक्षले सेन्सर गरेर प्रदर्शन घोषणा गरेको हो।

सुदर्शन थापाको निर्देशक रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । सुशिल पौडेलले यो फिल्मको कथा लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्