फिल्म । पछिल्लो समय बि-टाउनमा कार्तिक आर्यन र साराअलि खानलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । बलिउडका फ्रेस अनुहार यी दुइनै एक अर्कालाई मन पराउछन भने सँगै देखिन ईच्छा रहेको अन्तर्वार्तामा बताउदै आएका छन् । यी दुइलाई लिएर इम्तियाज अलिले लभ आजकलको सिक्वेल बनाउने चर्चा नचलेको पनि होइन । तर यतिबेला यी दुइको रोमान्टिक भिडियोको केहि दृश्य इन्टरनेटमा सार्वजनिक भएका छन् ।
रोमान्टिक दृश्यमा किस गरिरहेको देखिएका कार्तिक र साराको यो भिडियो यतिबेला इन्टरनेटमा भाइरल भइरहेको छ । फ्रेस जोडीको रुपमा लिइएको यी दुइलाई बलिउडको सम्भावना बोकेको कलाकारको रुपमा पनि हेर्ने गरिएको छ । यो दृश्य के को लागि भन्ने त प्रस्टिएको छैन तर फिल्मकै हुन् सक्ने अनुमान गर्न सकिन्छ । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने इम्तियाजले फस्ट सेड्युल अन्तर्गतको शुटिङ सुरु गरिसकेका छन् ।
OMG! Finally we can see Kartik and Sara together in one frame and that's also a HOT kissing scene& @TheAaryanKartik #KartikAaryan #SaraAliKhan pic.twitter.com/eWuzDTFp5T
— Kartik Aaryan fanpage (@KartikAaryanFC_) March 5, 2019










