फिल्म । यस वर्षको पहिलो दिन प्रदर्शन भएको नेपाली फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ युट्युबमा रिलिज भएको छ । हल, डायस्पोरा प्रदर्शन र ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ एपमा रिलिज गरिएपछि यसलाई बासुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पुनः सम्पादित संस्करणलाई दर्शक समक्ष ल्याईएको यसका निर्माण पक्षले जानकारी दिएको छ । रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरू अभिनीत फिल्ममा शैक्षिक वेरोजगारको कथालाई देखाईएको थियो । निर्देशक गुरुङले हल रिलिज हुँदा दर्शकहरूबाट प्राप्त प्रतिक्रियालाई मुल्यांकन गर्दै पुन: सम्पादन गरिएको बताए ।
कमेन्ट गर्नुहोस्












