‘भिन्न चरित्र महसुस गरे’

फिल्म । लुक्स र अभिनयको कारण चर्चा आउने अभिनेता हुन् आर्यन सिग्देल । उनि जति राम्रो देखिन्छन , अभिनय पनि उत्तिकै दमदार गर्छन । त्यसैले पनि एक समय आर्यनले राज नै गरे । तर , पछिल्लो समय आर्यनले त्यहि स्टारडम फर्काउने कोसिसमा छन् । आफ्नै मेहनतले बनाएको स्टारडम उनले आफ्नै कारण केहि ओझेलमा पारेको स्विकार्ने आर्यनले आउँदो फिल्म ‘हजार जुनीसम्म’ मा सम्भावना देखाएका छन् । सार्वजनिक ट्रेलरमा उनि दुइ चरित्रमा देखिएका छन् । उनले ‘हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा फिल्म केन्द्रित छ ।

ट्रेलरमा स्वस्तिमा खड्का , सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन् तर आर्यन केन्द्रमा छन् । ‘यसमा मैले म भन्दा वेग्लै चरित्रमा काम गरेको छु’ उनले भने । उनि आफ्नो उमेर भन्दा झन्डै २० वर्ष बढीको क्यारेक्टरमा पनि छन् । ‘वेग्लै चरित्रमा काम गर्दा झनै रमाइलो लाग्यो , सुरुवाती बेलामा भने केहि अप्ठेरो भएको थियो’ आर्यनले शुटिङको पल सम्झीए । उनले फिल्मलाई नितान्त पारिवारिक बताउदै नेपालको सुन्दरता समेत प्रस्तुत गरिएको बताए । ‘हामीले पोखराबाट ट्राभल गर्दै सिक्किमसम्म पुगेका छौ , जसक्रममा फिल्ममा नेपालको विभिन्न भूभागको सुन्दरता देख्न पाइन्छ’ उनले भने ।

नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा आर्यनसंगै स्वस्तिमा खड्का , संचिता लुइँटेल , शिवहरि पौडेल , सलोन बस्नेत , अनुभव रेग्मीसंगै अखिलेस प्रधानको अभिनय रहेको छ । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् । फिल्म आउँदो साउन ३० मा रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्