अल्लु अर्जुनको बर्थडेमा तिन फिम घोषणा

फिल्म । साउथ इण्डियन फिल्ममा स्टाइलिस स्टारको ट्याग पाएका एक्टर अल्लु अर्जुन ३६ औ वर्षमा प्रवेश गरेका छन् । सन् १९८३ अप्रिल ८ मा जन्मिएका अल्लुले पछिल्लो समय आफ्नै फ्यान फलोअर्स बनाइसकेका छन् । उनि पहिलो पटक २ वर्षकै उमेरमा सन् १९८५ मा फिल्म विजेतामा बालकलाकारको रुपमा देखा परेका थिए । त्यसपछि उनले २००१ सम्म ३ फिल्ममा बालकलाकार तथा केमियो रोल गरे । उनको डेब्यु सन् २००३ मा गंगोत्री फिल्मबाट भएको थियो । त्यसपछि एकपछी अर्को फिल्ममा स्फालता पाउँदै उनि अगाडी बढिरहेका छन् ।

पछिल्लो समय ना पेरु ना सूर्यामा देखिएका अल्लुको जम्नोत्सवमा नयाँ तिन फिल्म घोषणा भएका छन् । उनले त्रिविक्रम श्रीनिवासको निर्देशनमा तयार हुने फिल्म एए १९ (चाइना बाबु), सुकुमारको निर्देशनमा तयार हुने फिल्म एए २० (अन टाइटल्ड) र श्रीराम वेनुको निर्देशनमा तयार हुने फिल्म आइकनमा काम गर्दैछन् । उनले सुकुमार र त्रिविक्रमसँग दुइ/ दुइ फिल्ममा काम गरिसकेका छन् । अल्लुको यी फिल्म आउँदो वर्ष रिलिज हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्