‘आज नगद भोली उधारो’ दीपाको जोडी आर्यन (फोटो फिचर)

457 Shares

फिल्म । आउँदो भाद्र ६ गतेलाई रिलिज डेट तय गरेको फिल्म ‘हजार जुनीसम्म’ को एक गीतमा दीपाश्री निरौला देखिनेछिन् । गीतमा दीपासंगै आर्यन सिग्देललाई देख्न पाइनेछ । आर्यन र दीपाको नृत्य रहेको गीतको केहि तस्वीर सार्वजनिक भएको छ । जसमा यी दुइ डान्स गरिरहेको देख्न सकिन्छ । गीतमा शिवहरी पौडेल पनि छन् ।

तिन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकले आइटम नृत्य गर्दै गरेको देख्ने भएका छन् । गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ । गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई यो भिडियोमा देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा संचिता लुइँटेल , अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

Facebook Comments