कर्मासँग ‘एकादेशमा’ साम्राज्ञी ?

फिल्म । पछिल्लो समय रोमान्टिक प्रेम कथामा आधारित फिल्म निर्माण गर्ने निर्माता तथा निर्देशकले एक्ट्रेसको लागि सोच्ने पहिलो नाम लगभग सम्राज्ञी आरएल शाह नै हुने गर्छन । किनकी यतिबेला स्टारडम मेन्टेन गर्ने एक्ट्रेसको लिस्टमा उनि नम्बर एकमा पार्छिन । डेब्यु फिल्मबाटै पाएको हाइपलाई बचाउदै अगाडी बढिरहेकी साम्राज्ञीले नवल नेपाल र हेमराज विसीको निर्देशनमा तयार हुने फिल्ममा अभिनय गर्ने सहमति गरिसकेकी छिन । नवलसँगको फिल्म फागुनको पहिलो साता देखि फ्लोरमा जाने तयारीमा छ भने हेमराजको लगभग बैशाखपछी ।

यी दुई फिल्मपछी साम्राज्ञीलाई नयाँ फिल्ममा कर्मासँग देखिने चर्चाछ । सानो संसार र फस्ट लभको समयमा चकलेटी स्टारको ट्याग पाएका कर्मासँग साम्राज्ञीले स्क्रिन शेयर गर्न प्रस्ताव गरिएको छ । यदि साम्राज्ञीले सहमति जनाउछिन भने उनलाई छिटै कर्मासँग स्क्रिन शेयर गरेको देख्न पाइनेछ ।’एकादेशमा’ वर्किङ टाइटल राखिएको फिल्मलाई नाट्यकर्मी अशेष मल्लकी छोरी सम्पदा मल्लले लेखिरहेकी छिन् । साम्राज्ञीले हेमराजसँगको फिल्ममा प्रदीप खड्कासँग स्क्रिन शेयर गर्दैछिन् भने नवलसँगको फिल्ममा पुष्प खड्कासँग । यस वर्ष प्रदर्शनमा आएको फिल्म कायरा र इन्टु मिन्टु लण्डनमा मार्फत साम्राज्ञीले राम्रो चर्चा बटुल्न सफल भएकी थिइन ।

कमेन्ट गर्नुहोस्