संगीत । पछिल्लो अमेरिकामा रहेर आफ्नो स्वास्थ्य उपचार गराइरहेका पपसम्राट अर्थात गायक ओम बिक्रम विष्टको सहयोगार्थ शुक्रबार राजधानीको ठमेलमा रहेको क्लब फरेनहाइटमा कार्यक्रम हुदैछ । कार्यक्रममा जेम्स प्रधान , संजय श्रेष्ठ , बबिन प्रधान , हरिन्द्र श्रेष्ठ , सचिन रौनियार , भिम तुलाधर लगायतले आफ्नो प्रस्तुति राख्नेछन् ।
‘ट्रिब्युट टु ओम बिक्रम विष्ट’ नाम दिइएको कार्यक्रममा राखिएको डोनेसन बक्समा संकलित रकम हस्तान्तरण गरिने क्लबले जनाएको छ । जेम्स र संजयले आफ्नो गीतसंगीतसँगै पपसम्राट विष्टका गीत गाउनेछन् । आफुले सामाजिक दायित्वलाई पनि बहन गर्दै अगाडी बढेको क्लब फरेनहाइटले जनाएको छ । आउँदा दिनमा अझै उतरदायी भूमिका निर्वाह गर्ने सोच बनाएको क्लबले सांगीतिक कार्यक्रम पनि गर्दै आएको छ । केहि दिन अगाडी मात्र क्लबले आदित्य नारायण झाको कन्सर्ट आयोजना गरेको थियो ।