भिडियो राजदुत दम्पति

0 Shares

संगीत । पछिल्लो समय गीतसंगीतमा आफ्नो स्थान बनाउन चाहनेलाई प्रवासी जीवनले पनि रोक्न सकेको छैन । अझ भनौ प्रवासी जीवनमा नेपाली गीतसंगीत [प्रति लगाव झनै बढ्ने गरेको छ । यसैक्रममा बेलायतका लागि नेपाली राजदूत गीतकार डा दुर्गाबहादुर सुवेदी र राजदूतपत्नी पुनम सुवेदीले एक म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

राजदुत सुवेदीकै रचना रहेको गीतमा संगीत आलोक श्रीले दिएका छन् भने यसमा स्वर अन्जु पन्तको रहेको छ । बेलायतको रमणीय दृश्यमा खिचिएको गीतमा राजदुत दम्पतिसँगै नायिका मिरुना मगर , नायक ध्रुब दत्तसँगै दूतावासका निवर्तमान उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिको समेत अभिनय देख्न सकिन्छ ।

डा दुबसु क्षेत्री नेश्नल डेभलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो । जसमा सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन छ । सञ्चारकर्मसँगै कुशल पछिल्लो समय बेलायतमा राम्रो भिडियो तयार गर्ने निर्देशकमा पर्छन । सार्वजनिक भिडियोमा भिडियोमा ट्राफगल स्क्वायर, अक्सफोर्ड स्ट्रीट, पिकाडेली सर्कस, बकिंगहम प्यालेस, हाइड पार्क लगायत लण्डनका प्रमुख स्थानका दृश्यहरु कैद छन् ।

कमेन्ट गर्नुहोस्