‘प्रतिनाद सांगीतिक साँझ २०७५’ हुँदै

संगीत । गीतकार डा.डि.आर उपाध्यायको गीत ‘प्रतिनाद सांगीतिक साँझ २०७५’मार्फत एकल गाएनका साथ गुन्जिने भएका छन् । आफ्नो सांगीतिक यात्राको दौरानमा तयार भएका गीतहरु समेटेर यो कार्यक्रमको संयोजन गरिएको उनले जनाएका छन् । ‘मङ्सिर ९ मा कार्यक्रम गर्दैछौ , लगभग तयारी पुरा भएको छ’ गीतकार उपाध्याय भन्छन ‘यसमा एकल तथा युगल गायन रहनेछ भने कार्यक्रम सभ्य तथा भव्य हुनेछ ।’

कार्यक्रममा संगीतकार राजु सिंहको संयोजनमा नेपालका लोकप्रिय बाध्यबाधकहरुको बेजोड प्रस्तुति रहने छ । साथै कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाइ रु ५१ हजार नगद सहित अभिनन्दन गरिंदैछ । अभिनन्दनको साथमा डि.आरका सात सांगीतिक कृति र एउटा उपन्यास पनि लोकार्पण हुनेछन् । एउटा सर्जकको एकैपटक यतिधेरै कृति बिमोचन एकल गाएनको साथ हुन लागेको संवत पहिलो पटक नै हो ।

एल्बमहरुमा बुलु मुकारुङ , सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ को संगीत रहेको छ भने चर्चित गायक गायिकाहरुको स्वर समेटिएको छ । ग्ल्यामर प्लस प्रोडक्सन एण्ड मिडिया हाउस प्रा .लि तथा डि. आर. म्युजिक एण्ड ट्रेडिङको आयोजनामा हुन लागेको यो कार्यक्रमलाइ यसोदा फूडले प्रायोजन गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्