दर्शकसँग ‘बीर विक्रम २’ युनिट

718 Shares

फिल्म । शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘बीर विक्रम २’ का कलाकारहरु दर्शकसँग साक्षात्कार गर्न हलमा पुगेका छन् । शुक्रबार नै केहि हल र शनिवार राजधानीका प्रमुख हलमा फिल्मका कलाकारहरु पल शाह , वर्षा सिवाकोटी , बुद्धि तामाङ , नाजिर हुसेन र निर्देशक मिलन चाम्स पुगेर दर्शकको प्रतिक्रिया लिएका हुन् । यो टिम राजधानीको अष्टनारायण हलमा पुग्दा सडक नै जाम समेत भएको थियो । दर्शकले फिल्म पूर्ण मनोरन्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

यसैगरि टिमले राजधानीको चाबहिल स्थित गोपीकृष्ण हलमा पुगेर पनि दर्शकसँग साक्षात्कार गर्नुका साथै फिल्मको नाम अंकित टि शर्ट समेत प्रदान गरेको थियो । पल र नाजिरले फिल्मको डायलग बोल्दा दर्शकले पनि साथ् दिएका थिए । ‘दर्शकले फिल्म रुचाउनु भएको छ , यसले हाम्रो टिमलाई नै उत्साहित बनाएको छ’ निर्देशक चाम्स भन्छन् ‘वर्ड अफ माउथले दर्शक बढ्नेमा विश्वत छौ ।’ पल र नाजिरकोे प्रगाढ मित्रतामा वर्षाको अगमनपछि आउने उचारचढावमा फिल्म केन्द्रित छ ।

यसमा पल बीरको भूमिकामा छन् भने नाजिर विक्रमको । यसैगरी यसमा वर्षा बादलको भूमिकामा छिन् भने बुद्धि तामाङ पहिलो पटक नेगेटिभ क्यारेक्टरमा छन् । प्रदीप भारद्धाजको कथामा बनेको फिल्मका छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व छ ।

Facebook Comments