छिटै टाइगर बन्दै सलमान

फिल्म । बलिउडमा अभिनेता सलमान खानलाई टाइगरको उपनामले पनि चिन्ने गरिन्छ । उनको फिल्मले गर्ने ब्यापारले पनि यस्तै दर्साउछ । एक था टाइगर र टाइगर जिन्दा है जस्ता सफल फिल्ममा अभिनय गरेर दर्शकको मन जितेका सलमानको टाइगर अवतारलाई छिटै नै दर्शकले देख्न पाउने छन् । निर्देशक अलि अब्बास जफरले फिल्मको कन्सेप्ट लक भएको प्रतिक्रिया दिदै छिटै नै तेस्रो सिरिज दर्शक माँझ आउने बताए ।

‘हामीले कन्सेप्ट लक गरिसकेका छौ’ उनले भने ‘भाइजानको सेड्युलमा फिल्म गर्ने समय तय भइसकेको छ ।’अलि पछिल्लो समय फिल्म भारतको प्रमोसनमा व्यस्त छन् । सलमान पनि फिल्म ‘दबंग ३’ को छायाँकन सकेर नयाँ फिल्म इनशाल्लाहमा व्यस्त हुनेछन् । सलमानले टाइगर सिरिजमा स्पाइ अफिसरको भूमिका निर्वाह गर्दै आएका छन् । उनको लुक्स र एक्सनलाइ दर्शकले पनि रुचाइरहेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्