फिल्म । आगामी शुक्रबार अर्थात् पौष २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’ लाई सम्पूर्ण दर्शकले हेर्न पाउने भएकाछन्। सोमबार केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल सर्टिफिकेट दिएपछि फिल्म सबैकालागि हेर्न मिल्ने भएको हो। निर्माताको रूपमा परिचित रमेश एमके पौडेलले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन्।
पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सबिर श्रेष्ठको लेखनसँगै कार्यकारी निर्माण रहेको छ। पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको फिल्ममा सह-निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । यसमा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।












