बन्ने भयो ‘हेराफेरी ३’

फिल्म । बलिउडमा हिट फिल्म मध्यको एक हो ‘हेराफेरी’ सिरिज । फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यसको रिलिज भएको दुवै सिरिजलाई दर्शक साथ मिल्यो भने बक्स अफिसमा निकै कमाइ गर्यो । अब यसको तेस्रो सिरिजलाई दर्शकले हेर्न पाउने भएका छन् । अर्थात् यसको नयाँ सेरिजलाई दर्शकले छिटै हेर्न पाउने खबर आएको छ । यसको कथा पनि फाइनल भईसकेको र फिल्ममा अक्षय कुमार , सुनिल शेट्टी र परेश रावल नै देखिने बताइएको छ । यसलाई इन्द्र कुमारले निया निर्देशन गर्नेछन् । राजु , श्याम र बबुरावको वरपर घुम्ने कथालाई दर्शकले भरपुर रुचाएका थिए । इन्द्र कुमारले आफ्नो रिलिजको तयारीमा रहेको फिल्म ‘टोटल धमाल’ पछी यसको कामलाई अगाडी बढाउनेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्