मुहुर्तसँगै छायाङ्कनमा ‘सतीदेवी’

फिल्म। चलचित्र ‘सतीदेवी’ को मुहुर्तसँगै काठमाडौंमा छायाङ्कन सुरू गरिएको छ। लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको निर्माणसँगै निर्देशन रहेको चलचित्रमा शिर्ष भूमिकामा अभिनेत्री मलिका महत हुनुहुन्छ। दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भईरहेको चलचित्रमा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी,सृजना अधिकारी,मनिषा सापकोटासँगै बाल कलाकार हर्षिका ओली,मंजिला बानियाँको अभिनय रहेको छ।

छायाङ्कनरत चलचित्र महिला केन्द्रीत विषयवस्तुमा आधारित रहेको निर्देशक सुवेदीले जानकारी दिनुभयो। यसमा दीपक शर्मा र सुभाष भुषालको सङ्गीत, बाबु श्रेष्ठको छायाँकन,देव महर्जनको द्वन्द,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। रङ्गपत्रकार हुँदै चलचित्रकर्मी बनेका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ चलचित्रको निर्देशन गरिसक्नुभएको छ।

कमेन्ट गर्नुहोस्