सुशान्तको ‘पागल’ मा विपिन र उपासना

फिल्म । गायक सुशान्त केसी पार्श्व गायक बनेका छन् । आफ्ना गीतमार्फत युवापुस्ता माँझ लोकप्रिय रहेका सुशान्तले फिल्म ‘कर्मा’को लागि ‘पागल’ बोलको गीत गाएका छन् । सार्वजनिक प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । उनले पहिलोपटक नेपाली फिल्ममा स्वर दिएका हुन् ।

गीतको भिडिओमा अभिनेता विपिन कार्की र उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतमा विपिनसँग नजिक भइरहेकी उपासनाको प्रेम भावलाई देखाइएको छ । फिल्ममा मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । एक्सन शैलीको फिल्म ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । यसको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्