फिल्म । वितरक तथा फिल्म निर्माता गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । मंगलवार ठगी मुद्धामा उनलाई अदालतले ‘क्लिन चिट’ दिएको उनि स्वयम्ले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । शाहीले फिल्म ‘लिलीबिली’ प्रदर्शन मार्फत उठेको ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) को हिसाब नदेखाएको भन्दै २०७६ को कात्तिकमा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
सोहि मुद्दाको फैसला उनको हकमा भएको उनले जनाएका हुन् । उनि यस मुद्दाकै कारण प्रकाउ पर्दै हिरासतमा समेत रहेका थिए । अदालतले ठगी मुद्धामा सफाई दिएपछि शाहीले बुधवार फेसबुकमा स्टाटस लेख्दै आफूले न्याय पाएको भन्दै अदालतप्रति आभार व्यक्त गरेका छन् ।‘सरकारी पदासिन व्यक्तिको अधिकार मिसयूज गरी अरुलाई दुःख दिने काम, अरुलाई विगार्न खोज्नुभन्दा पहिला आफूलाई एकपटक सोच्नुपर्छ भन्ने यो गतिलो जवाफ पनि हो’ शाहीले लेखेका छन् ।
फिल्म ‘लिलीबिली’ मा शाही वितरकसँगै निर्माता समेत थिए ।