सुरु भयो किम्फ

फिल्म । आजदेखि काठमाडौँमा २१औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । जेठ २० सम्म चल्ने महोत्सवको सुरुआत इटालियन निर्देशक ब्रान्डो क्विलिची निर्देशित ‘द टाइगर्स नेस्ट’को एसिया प्रदर्शनी (प्रिमियर) सँगै सुरू भएको हो । ‘परिवर्तको प्रतिध्वनि’ नारा दिइएको महोत्सव दुई दशक लामो यात्रामा दर्शक, विभिन्न डिजिटल प्लेटफर्मको प्रभाव, कोभिड र आर्थिक पक्षले नयाँ नयाँ परिवर्तनहरु आत्मसात गर्दै अघि बढेको अध्यक्ष रम्यता लिम्बूले बताईन् ।

लेखक तथा निर्देशक जोन पोर्टरले उद्घाटन समारोहमा आफू पैतालीस वर्ष अगाडी पहिलोपटक नेपाल आएको स्मरण गरे । उद्घाटन सत्रमा महिला वाद्यवादन समूह श्रीतारा ब्यान्डले साङ्गीतिक प्रस्तुति दिएको थियो । २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुने महोत्सव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्