रामबाबुसँग ‘बेली’ गर्दैछन् प्रदीप ?

फिल्म । केहि समय अगाडी अनमोल केसीले एकै पटक दुई फिल्म साइन गरेका थिए । फिल्म ‘कृ’ को लागि झन्डै २ वर्ष समय दिएका अनमोलले एकै पटक झरना थापाको निर्देशनमा तयार हुने र मिलन चाम्सको निर्देशनमा तयार हुने फिल्म खेल्न सहमति दिदै लिखित एग्रीमेन्ट नै गरेका थिए । उक्त समयमा अनमोलको डिसिजनलाई कहिले सहि भने त केहिले गलत । यतिबेला उनिपछी चर्चामा रहेका अर्का स्टार प्रदीप खड्काको पनि यस्तै न्युजहरु बाहिर आइरहेका छन् ।

उनले हेमराज विसीको निर्देशनमा तयार हुने फिल्मको लागि सहमति जनाईसकेका छन् भने प्रेम गीतको नयाँ सेरिज गर्ने पनि पक्का नै छ । यसैसँगै उनले रामबाबु गुरुङको निर्देशनमा तयार हुने फिल्म ‘बेली’ मा पनि अभिनय गर्दैछन । वर्किङ टाइटल बेली राखेर कथाको काम भईरहेको फिल्ममा प्रदीप लगभग पक्का छन् । सोसल ड्रामा निर्माण तथा निर्देशनमा आफुलाई स्थापित बनाएका निर्देशक रामसँग काम गरेर प्रदीप नयाँ दर्शक कहाँ पुग्ने तयारीमा छन् । प्रदीप अभिनित ‘लभ स्टेसन’ यसै वर्ष प्रदर्शनमा आउने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्