फिल्म । लामो समय देखि प्रदर्शनको प्रतीक्षामा रहेको फिल्म ‘बादशाह जुट’ आउँदो कार्तिक १५ मा रिलिज हुने तय भएसँगै ट्रेलर सार्वजनिक भयो । दसैँ अगाडी राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आएको ट्रेलरमा आफुलाई बादशाह बनाउन खोज्ने दुइ युवाको कथालाई देखाइएको छ । आमिर गौतम र शुशील श्रेष्ठले मिलेर आफ्नो सपनालाई साकार पार्न अपनाउने कथा रहेको छ ।
बारम्बार डेट सार्दै तय भएको डेटमा पनि समस्या आएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै त्यस प्रति ध्यानाकर्षण भएको भन्दै नेपाल मुस्लिम संघले फिल्म युनिटलाई पत्राचार गरेको छ । नेपाली समाजमा मिलेर बसेका सबैलाई दोषारोपण हुने किसिमको ट्रेलर रहेको भन्दै संघका केन्द्रीय सभापति हाजी अब्दुल सतारको निर्देशनमा संघका गण्डकी प्रदेशका सभापति शाह मोहमद मियाँले फिल्मका निर्माता तथा निर्देशकलाइ भेटेर सल्लाह गर्न आग्रह गर्दै पत्राचार गरेका हुन् ।
जातीय रुपमा आच आउने , समाजमा विभेद हुने , जातीय हिँसा हुने लगायतको आरोप लगाउदै ट्रेलर सामाजिक सञ्जालबाट हटाउन पत्रमा भनिएको छ । साथै फिल्मलाई परिमार्जित गरेर मात्र प्रदर्शन गर्न पनि पत्रमा भनिएको छ । विशेषत मुस्लिम समुदायलाई गलत तरिकाले फिल्ममा प्रस्तुत गरिएको भाव दर्साउदै पत्राचार गरिएको हो । यसैकारणले फिल्मको रिलिज अन्यौलमा परेको छ ।
जोनी सिंह राणाको निर्देशनमा तयार फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रोबिन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपालको अभिनय रहेको छ भने अतिथिको भूमिकामा प्रियंका कार्की छिन् । फिल्मलाई हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ । एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, अभिषेक शशि कुमारको लेखन ,दिर्घ खड्काको सम्पादन रहेको छ ।