‘दुई कदम’को दुई पोस्टर सार्वजनिक

फिल्म । उदय सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फिल्मका दुई पोस्टरमा प्रदर्शन मिति मंसिर २९ उल्लेख गरिएको छ ।

फिल्मको सार्वजनिक एक पोस्टरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिएर पड्काउँदा डेव्यु अभिनेत्री गिरी निकै डराएको हाउभाउमा देखिएकी छन् ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्ममा गौरव, इओन र सिमोनसँगै सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।

मुस्ताङमा एक गीतको सुटिङ गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्