‘एक तार मनको’ मा सन्तान प्रेम

फिल्म । शुक्रबारबाट रिलिज भएको ‘मनसरा’ फिल्मको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘एक तार मनको’ बोलको गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ ।

गीतको भिडियो ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राईमाथि फिल्माइएको छ । करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको छ ।

यसमा नेनाहाङ अभिनेत्री मिरुना मगरका छोरा बनेका छन् । हाल प्रदर्शनरत यो फिल्मले दर्शकसँगै समीक्षकहरुबाट पनि तारिफ बटुलिरहेको छ । उपेन्द्र सुब्बा निर्देशित फिल्ममा प्रविण, मिरुनाका अलावा मेनुका प्रधान तथा दयाहाङ राईको प्रमुख भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्