‘फिल्मको स्वरुप पाउँदा नै खुसि छु’

फिल्म । आउँदो शुक्रबार फिल्म ‘धुलो’ रिलिज हुँदैछ । पछिल्लो समय कन्टेन युक्त फिल्म दर्शकको रोजाईमा पर्दै आएका छन् । किनकी दर्शकले फिल्ममा मनोरंजनसंगै विषयवस्तु पनि रुचाउने गरेका छन् । यस्तै कन्टेन बोकेको फिल्म ‘धुलो’मा सामाजिक विषयवस्तुमा आधारित छ । प्रद्युम्न मिश्र निर्देशित फिल्ममा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ । यस फिल्ममा बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बा लगायत मुख्य भूमिकामा छन् । जीवनयापन गर्न गाडा चलाउनेको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको फिल्ममा निर्देशक मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका रहेको छ ।

यस किसिमको कथामा फिल्म बन्नुलाई नै उपलब्धि ठान्छन , कलाकार अग्रज केसी । ‘यो निर्देशकले जोखिम मोलेको फिल्म हो । किनकी यो कथालाई फिल्मको स्वरुपमा ल्याएर हलमा पुर्याउने आट कमै मेकरसंग हुन्छ’ अग्रजले भने । कलाकारसंगै लेखक तथा निर्देशक समेत रहेका अग्रजले फिल्मले आम मानिसको कथा भन्ने बताए । ‘फिल्ममा एक सामान्य मानिसको कथा देखाइएको छ । जसले दैनिककै लागि संघर्ष गर्छ , मेहनत गर्छ र एउटा सपना देख्छ । उसको सपनासंगै रहरको मिश्रण नै धुलोको जिस्ट हो’ अग्रजले भने । उनले फिल्मको कथालाई रिलेट गरेको बताए ।

कलाकारिता मुख्य पेसा नभएता पनि यसको कथा सुन्दै आफुलाई तानेको बताए । उनले यसमा एउटा जीवन देखे । उनलाई यो अफर गरिदा के गर्ने भन्ने दोधार पनि थियो । ‘मलाइ निर्देशक र स्क्रिप्ट लेखकले नै गर्न सक्नु हुन्छ भनेपछि फिल्म गर्ने आट बढ्यो’ अग्रजले भने । फिल्ममा रहेका को-स्टार बुद्धि र शृजनाले उनलाई अभिनयमा निकै सघाएको बताए । सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह-निर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन ।

कमेन्ट गर्नुहोस्