‘नजरले गोली’ मा पुष्प र रेविका (भिडियो)

फिल्म । भाद्र १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘हाँने मैले झटारो नजरले गोली’ बोलको लोक शैलीको गीतमा फिल्मका प्रमुख अभिनेता पुष्प खड्का र नव-अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । गीतले दुईको प्रेम भाव बोल्छ । अञ्जु पन्त र कृष्ण काफ्लेको गीतमा स्वर छ ।

पुरुषोत्तम ढुंगेल र गायक काफ्लेको शब्द रहेको गीतमा गायक काफ्ले स्वयंले संगीत भरेका छन् । गीतका एरेञ्जर राजन इशान हुन् । फिल्ममा पुष्प र रेविका श्रीमान्-श्रीमतीको भूमिकामा छन् । यी दुईको सम्बन्धमा अभिनेत्री साम्राज्ञी आरएल शाहको प्रवेश भएपछि आउने उतारचढावमा फिल्म केन्द्रित रहेको बताइएको छ ।

पुनम गौतमले निर्माण गरेको फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ । मित्र डि.गुरुङ फिल्मका सम्पादक हुन् ।

कमेन्ट गर्नुहोस्