गोवामा ‘गीत गजल’

फिल्म । यतिबेला फिल्म ‘गीत गजल’ युनिट भारतको गोवामा पुगेको छ । एक गीत छायाँकनको लागि फिल्म निर्देशक नितिन चन्द सहितको टिम गोवा पुगेको हो । गोवाको रमणीय दृश्यमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहको गीत खिचिदैछ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने यसमा सुरेश लामा र अन्जु पन्तको स्वर रहेको छ । गीतलाई स्वयम निर्देशक चन्दले नै कोरियोग्राफ गरिरहेका छन् भने यसलाई सुरेश काफ्लेले खिचिरहेका छन् ।

म्युजिक भिडियो हुदै फिल्म निर्देशनमा आएका चन्दले फिल्मलाई रोमान्टिक लभ स्टोरी बताईरहेका छन् । आरोहण क्षेत्रीले निर्माण रहेको फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ । यसमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्